एमसीसी विरुद्ध वीरेन्द्रनगरमा ७ दलले संयुक्त रुपमा प्रदर्शन गर्ने

सुर्खेत । एमसीसी विरुद्ध वीरेन्द्रनगरमा सात वटा दलले संयुक्त रुपमा प्रदर्शन गर्ने भएका छन् ।

एमसीसी देशको हितमा नभएको भन्दै यस विरुद्ध सात दलले संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका हुन् । शुक्रबार सात दलले पत्रकार सम्मेलन गरेर मंसिर २७ गते वीरेन्द्रनगरमा प्रदर्शन गर्ने जानकारी दिएका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट मसाल, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कर्णाली प्रदेश समितिले संयुक्त रुपमा प्रदर्शन गर्ने भएका हुन् ।

नेपाली जनताको आवाजलाई बेवास्ता गर्दै सरकारले एमसीसी सम्झौता कार्यान्वयन गर्न खोजेको उनीहरुको आरोप छ । उनीहरुले संसदबाट एमसीसी पारित गर्न नदिनका लागि विरोध गर्दै आएको बताएका छन् । नेपाली राष्ट्रको स्वाधिन्ता र नेपाली जनताको स्वनिर्णय अधिकारको निम्ति एमसीसी सम्झौता खारेज गर्न कम्युनिष्ट पार्टी र मोर्चाहरुले संयुक्त संघर्षको आह्वान गरिएको सात दलका प्रतिनिधिहरुले हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।