पिपिएलए सुर्खेतको अध्यक्षमा योगी

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन सुर्खेतको अध्यक्षमा नारायणनाथ योगी चयन भएका छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित चौथो जिल्ला अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रत्नबहादुर भण्डारी, सचिवमा मोतीराम शर्मा र निरादेवी म्याङ्मु, तथा कोषाध्यक्षमा जागेश्वर नेपाल चयन भएका छन् ।

यसै गरी समितिको सदस्यहरूमा केशव विक्रम खड्का, खगेन्द्र खनाल, डम्बर बहादुर थापा, झक्कल बहादुर थापा, राजेन्द्र भारती, वीरेन्द्रकुमार थापा, कमलराज लम्साल र डम्बर सिँजाली रहेका छन् ।

उक्त कार्यक्रम समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, पूर्व सहन्यायाधिवक्ता धर्मानन्द नाथ, नन्दबहादुर भण्डारी, रामबहादुर बिसीलगायतको उपस्थिति रहेको थियो ।