
सुर्खेत । देश विकासका लागि युवाहरु नै चाहिने सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले बताएका छन् । कर्णालीमा आयोजना गरिएको कर्णाली युवा संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेर समुहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता भन्ने उदेश्यले सोमबार आयोजना गरेको कार्यक्रम उनले कर्णाली प्रदेशलाई खुशी र सुखी बनाउनका लागि युवाहरुले नेतृत्व लिनुपर्ने धारणा राखेका हुन् ।
युवा परिषद्ले कर्णालीका युवाहरुलाई क्षमता विकासमा जोड्न आवश्यक भएको उनले बताए ।
‘युवाले नेतृत्व लिनुपर्छ, उनले भने“युवाहरुको क्षमता अभिबृद्धिका लागि तिनै तहका सरकारको दायित्व हो । यसमा हामीहरु पनि सचेत छौँ”
सामाजिक विकास मन्त्रालयले गर्नुपर्ने कामलाई युवा परिषद्ले गरेकोमा उनले धन्यबाद समेत दिए ।
राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा प्लान इन्टरनेशन नेपाल, सेभद चिल्ड्रेन ,स्ट्रेमा फाउण्डेशन लगाएतका संस्थाहरुले सहकार्य गरेका थिए ।
कार्यक्रममा कर्णाली प्रदेशका पाँच जिल्लाका युवाहरुको सहभागीता रहेको छ । सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट र जुम्लाका युवाहरु संवादमा सहभागी रहेका छन् ।

कार्यक्रममा युवा नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा कर्णाली प्रदेश योजना आयोगका पुर्व सदस्य योगेन्द्र शाहीले प्रस्तुतीकरण गरेका छन् ।
कार्यक्रममा प्यानल छलफलमा कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका अध्यक्ष देवी ओली, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाही र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाअध्यक्ष सुरेन्द्र बस्नेत रहेका छन् ।

फरकबाटो २३ श्रावण २०७९, सोमबार ११:५७