नागरिक अधिकार शिक्षा विषयक प्रदेश स्तरीय कार्यशाला सम्पन्न


सुर्खेत । शान्तीका लागि साझा अभियान (कोक्याप) को आयोजनामा कर्णाली प्रदेश स्तरीय नागरिक अधिकार शिक्षा विषयक कार्यशाला सम्पन्न भएको छ । कर्णाली प्रदेश सभाका कर्मचारीहरु, नागरिक समाजका अगुवा तथा स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागीतामा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी अधिकाँशले मानवअधिकारको विषय फराकिलो भएपनि नेतृत्व तहबाटै मानव अधिकारको उलंघन हुने गरेको बताएका थिए । शान्तीका लागि साझा अभियान (कोक्याप) का कोषाध्यक्ष तथा अधिवक्ता शिवलाल पाण्डेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।

त्यस्तै हिजो शुक्रबार समेत कर्णाली प्रदेश सभाका सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुको सहभागीतामा सोही कार्यक्रमको आयोजना गरिएको शान्तीका लागि साझा अभियान (कोक्याप) का कार्यक्रम संयोजक प्रभात भट्टले जानकारी दिए । उनका अनुसार शुक्रबार आयोजना गरिएको कार्यक्रमको सहजीकरण प्रशिक्षक रुप सुनारले गरेका थिए ।