६६ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन


सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अहिलेसम्म ६६ जिल्लाको अधिवेशन सम्पन्न गरेर पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनमार्फत एमालेले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी ५ पदाधिकारी छनोट गरेको हो । जेठ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन जारी गरेको एमालेले बाँकी जिल्लाको अधिवेशन पनि चाँडै गर्ने जनाएको छ ।