डोल्पामा स्वतन्त्रबाट जितेका गाउँपालिका अध्यक्ष माओवादीमा प्रवेश

डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङ माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

स्वतन्त्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका अध्यक्ष गुरुङ  माओवादी केन्द्रमा प्रवेश गरेका  हुन्  । उनीसहित अन्य  तीन जना वडाध्यक्ष र केही जनप्रतिनिधिहरूले पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गराउन माओवादी अध्यक्ष प्रचण्ड र नेताहरू जनार्दन शर्मा, शक्ति बस्नेत, सत्या पहाडी हेलिकप्टर चार्टड गरेर डोल्पा गएका थिए ।