सञ्चारिका समूह कर्णालीको अध्यक्षमा सीता वली

 

सुर्खेत ।  सञ्चारिका समूह कर्णाली प्रदेशको अध्यक्षमा सिता वली चयन भएकी छन् । समूहको बिहीबार सम्पन्न दोस्रो अधिवेशनबाट वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समूहको उपाध्यक्षमा कृष्णमाया उपाध्याय, महासचिवमा चाँदनी कठायत, सचिवमा मनिषा केसी र कोषाध्यक्षमा सृजना बुढाथोकी चयन भएका छन् ।

यस्तै सदस्यमा रजनी योगी, सुकुमाया शाही, कोमल शाही, तिलसरा विक, पवित्रा जैसी, चन्द्रा कंडेल र कल्पना ढेंगा मगर चयन भएका छन् । दुई जना सदस्य भने पछि मनोनित गर्ने जनाइएको छ ।

नयाँ कार्यसमितिको कार्यकाल भने तीन वर्ष रहनेछ । सञ्चारिका समूहले महिला पत्रकारहरुको हकहितका लागि काम गर्दै आएको छ ।