सुर्खेत होराइजन एकेडेमीमा ‘स्कुल नर्स’

सुर्खेत । वीरेन्द्रनगरमा रहेको सुर्खेत होराइजन एकेडेमीमा स्कुल नर्सको व्यवस्था गरिएको छ । हरेक महिनाको अन्तिम शुक्रबार विद्यार्थीहरुको स्वास्थ्य अवस्था जाँच गर्ने उद्देश्यले स्कुल नर्सको व्यवस्था गरिएको विद्यालयका प्राध्यानाध्यापक धनश्याम खड्काले जानकारी दिए ।

उनले भने, ‘विद्यालय एक शिक्षा र संस्कार आर्जन गर्ने ठाउँ हो । यसमा विद्यार्थीहरुको स्वास्थ्य पनि ध्यान दिन जरुरी छ । त्यसैले हामीले विद्यालय नर्सको व्यवस्था गरेका हौँ ।’ उनले कक्षा १० सम्मका विद्यार्थीहरुलाई जुकाको औषधि पनि खुवाईने जानकारी दिए ।

प्रध्यानाध्यापक खड्काले कर्णाली प्रदेशमै उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्ने र राम्रो विद्यालय खोज्दै काठमाडौं जाने प्रवृत्तिलाई रोक्न आफहरु लागि परिरहेको बताए ।