
सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पीडितलाई तत्तकाल खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र टेन्ट उपलब्ध गराउने भएको छ ।
मंगलबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को आकस्मिक बैठकले मुगुको छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा भएको आगलागी पीडितहरुका लागि तत्कालीन राहत उपलब्ध गराउने निर्णय गरेको हो । गए राति गमगढी बजारमा आगलागी हुँदा १८ घर र तीन वटा घुम्ती पसलमा क्षति पुगेको छ ।
यस्तै मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमनका लागि आज मुगु जाँदैछन् । मुख्यमन्त्रीले स्थलगत अनुगमन गरे पछि र स्थानीय प्रशासनले क्षतिको यकिन विवरण उपलब्ध गराएपछि थप राहत प्याकेज उपलब्ध गराउने जनाइएको छ ।

फरकबाटो ३० कार्तिक २०७८, मंगलवार ११:५०