सुर्खेत महिला जेसीजको अध्यक्षमा मनिषा कौशल

सुर्खेत । सुर्खेत महिला जेसीजको अध्यक्षमा मनिषा कौशल चयन भएकी छन् ।

 महिला जेसीजको शनिबार सम्पन्न ११ औं साधारणसभाबाट कौशलको नेतृत्वमा वर्ष २०२२ का लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।
यस्तै कार्यकारिणी उपाध्यक्षमा सीता भण्डारी र कमला बस्याल चयन भएका छन् ।

यस्तै उपाध्यक्षहरुमा सगुन पोख्रेल, प्रमिला थापा, यशोदा खत्री र बिन्दु पुरी चयन भएको सुर्खेत महिला जेसीजले जनाएको छ ।