कर्णालीका मुख्यमन्त्रीसँग सञ्चारिकाको दश बुँदे माग


सुर्खेत । सञ्चारिका समुहले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसँग दश बुँदे मागपत्र राखेको छ । सञ्चारिका केन्द्रिय सदस्य पवित्रा मुडभरीको नेतृत्वमा दशबुँदे मागपत्र राखिएको हो ।

सञ्चार माध्यम लैगिंकमैत्री हुनुपर्ने, पत्रकार महिलाहरुको पेशागत सुरक्षा हुनुपर्ने, पत्रकार महिलाहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरु गर्नुपर्ने लगायतका मागहरु सञ्चारिकाले राखेको हो ।

 

मागपत्र बुझ्दै मुख्यमन्त्री कँडेलले पत्रकार महिलाहरुको पेशागत हित र संरक्षणका लागि आँफु सँधै सकारात्मक रहेको भन्दै क्षमता अभिबृद्धि र पत्रकार बिमा लगायतका कामहरुमा सरकारले बजेट व्यवस्थापन गरिहेको बताए । उनले आगामी दिनमा सञ्चारिकाहरुकै लागि तटस्थ नीति, कार्यक्रम र बजेट ल्याउने कुरामा आँफुहरु सकारात्मक रहेको बताए ।

यस्तै सञ्चारिका समुहले कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङलाई समेत मागपत्र बुझाएको छ ।