मेयर बालेन विरुद्ध विरोध प्रदर्शन


सुर्खेत । काठमाडौं महानगरपालिका अगाडि मेयर बालेन शाहविरुद्ध विरोध प्रदर्शन गरिएको छ । काठमाडौंमा सञ्चालित साना व्यापारी र व्यवसायीहरुले गरी खाने वातावरण बनाइदिन माग गर्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘‘गैरकानुनी प्रहरी परिचालन बन्द गर’ सबैका लागि बस्नयोग्य काठमाडौं’, विकास कसका लागि’ शहर कसका लागि’ शहर धनीका लागि कि सबैका लागिँ’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्लेकार्ड बोकेर महानगरपालिकाका मेयर बालेन्द्र शाहले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।