मानव सेवा आश्रममा भाइटीका

सुर्खेत । विरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा पनि भाइटीका लगाइएको छ । आश्रममा रहनु भएका व्यक्तिहरूले सामुहिक रुपमा भाइटीका लगाउनु भएको हो ।

सडक तथा पेटीमा जीवन विताइरहेकाहरूलाई उद्धार गरेर मानव सेवा आश्रमले हेरचाह गर्दै आएको छ । कर्णाली प्रदेश संयोजक सिर्जना वलीले परिवारमै रहेको आभास हुने भएकाले मानव सेवा आश्रमले भाइटीकाको आयोजना गरेको जानकारी दिइन । आश्रममा हाल ७१ जना रहेका छन् ।