फरार प्रतिबादी पक्राउ


सुर्खेत । विभिन्न ठाउँमा गरी सुर्खेत प्रहरी र कालिकोट प्रहरीले तिनजना फरार प्रतिबादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्धाका ७१ वर्षीय ईन्द्रबहादुर सिंजालीलाई पक्राउ गरिएको हो । बराहताल गाउँपालिका १० का सिंजालीलाई जिल्ला अदालत सुर्खेतले दुईवर्ष कैद सजाय सुनाएको थियो ।

यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं १० का २८ वर्षीय शिव जिसीलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत सुर्खेतमा पठाइएको हो । यस्तै महावै गाउँपालिका वडा नं ३ कालिकोटका कृते जालसाक्षी मुद्धाका फरार अभियुक्त वीरबहादुर सिंहलाई समेत कालिकोट प्रहरीले पक्राउ गरि जिल्ला अदालत कालिकोटमा पठाएको हो ।