‘सरकार विकास खाने योजना खारेज गर्न तयार छ भने, हामी सहयोग गर्न तयार छौँ : एमाले नेता कंडेल

सुर्खेत । प्रमुख प्रतिपक्ष दल एमाले कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कंडेलले सरकार टुक्रे योजना खारेज गर्न तयार भए एमालेले सरकारलाई सहयोग गर्न तयार भएको बताएका छन् ।

आइतबार बसेको प्रदेशसभाको नवौ अधिवेशनको तेस्रो बैठकमा बोल्दै नेता कंडेलले प्रदेश सरकारले विकास खाने योजनाहरु खारेज गर्न तयार भए आफुहरुले सरकारलाई सहयोग गर्न तयार भएका बतााएका हुन् ।  उनले सरकारले योजनामा विनियोजन गरेको रकमको अवस्था हेर्दा विकास गर्ने भन्दा पनि विकास खाने मानसिकतालाई बढुवा दिने काम भइरहेको बताए ।

उनले सरकारले कर्णालीको विकास गर्ने योजना ल्याए आफुहरुले सहयोग गर्ने बताए । उनले भने, ‘यो प्रदेश सरकार हो । विकास गर्ने कुरा हो भने योजना माग होइन मोडलमा सुझाव दिन चाहान्छु ।

सरकारले प्रदेशका योजनाका लागि न्युनतम सिमा तोक्ने र त्यो भन्दा तलका योजना तत्तकाल खारेज गर्न तयार छ भने हामी सरकारलाई सहयोग गर्न तयार छौँ ।’ उनले तीन लाखका योजनाको प्रतिनिधि भएर अघि बढे सरकारलाई सहयोग गर्न गाह्रो हुने बताए ।