अस्ट्रेलियामा सैन्य अभ्यास भैरहेका बेला हेलिकप्टर दुर्घटना :  बेपत्ता चार जनाको खोजी चल्दै


सुर्खेत । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका छन् ।

लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका बेला यो दुर्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समय अनुसार गतराति साढे १० बजे भएको थियो ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्ल्स ले तत्कालै खोजी तथा उद्धारको काम सुरु गरिएको जानकारी दिएका छन् । रक्षामन्त्री मार्ल्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनापछि सैन्य अभ्यास केही समय रोक्ने निर्णय भएको रक्षामन्त्री माल्र्सलाई उद्धित गरी बीबीसीले जनाएको छ ।