कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनले नेपाली कांग्रेसका उद्धव थापा समर्थन गर्ने

सुर्खेत । कोशी प्रदेशको मुख्यमन्त्रीका नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई समर्थन गर्ने सत्ता गठबन्धनको निर्णय भएको छ । आज प्रधानमन्त्री विवास बालुवाटारमा बसेको बैंठकमा उक्त निर्णय भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ ।

यसअघि नै गठबन्धनले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा९एकीकृत समाजवादी०का संसदीय दलका नेता राजेन्द्र राईलाई समेत बोलाएर तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले गत १७ गते संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आहृवान गरेका थिए ।

गठबन्धन दलले आलोपालो मुख्यमन्त्रीका लागि पहिलो पालामा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी ४७ मत नै छ ।