न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप गर्दैन : रामचन्द्र पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले न्यायालयको मामिलामा आफ्नो पार्टीले हस्तक्षेप नगर्ने बताए । न्यायालयमा असहज परिस्थिति बनेको उनको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सिफारिसमा उनका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले प्रधानन्यायाधीश जबराको विषयमा चर्को आलोचना भइरहेको छ । प्रधानन्यायाधीशको राजिनामा समेत माग गरिएको छ ।