सरकार गठनका ६ महिनाको उपल्धि सार्वाजनिक

सुर्खेत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिनाका उपल्धि सार्वजनिक गरेको छ।

बिहीबार सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयले ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो । २०७९ पुस ११ गते १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए । पुस २८ गते २६८ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए ।

सरकारले जिम्मेवारी सम्हालेको ६ महिनामा नीति¸ कानून तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका दिएको बताइएको छ।