थप ८ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ५४ जनाको नमूना परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक हजार आठ सय २६ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ लाख ३४ हजार ६ सय ४८ जना पुगेको छ । थप ४ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ ।

अहिले नेपालमा २६ हजार १ सय २ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।