भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको मृत्यु


सुर्खेत । भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको मृत्यु भएको छ । केरलाको मलप्पुरममा डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा केही घाइते भएका छन् ।

डुङ्गामा कति जना यात्रु थिए भन्ने खुलेको छैन । केरलाका मुख्यमन्त्री विजय पिनारईले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले आज दुर्घटनास्थलको निरीक्षण गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गर्दै ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।