कार्यकक्षमै कृषि विकास अधिकृतको मृत्यु


सुर्खेत । दैलेखमा कार्यकक्षमै कृषि विकास अधिकृतको मृत्यु भएको छ । कार्यालयको काम गरिरहेकै बेला हृदयघात भई कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षीय राजु भूजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

आज दिउँसो कार्यकक्षमा काम गरिरहेकै बेला असहज महसूस भयो भनी भवनमै रहेको निवासमा गएका उनी ओछ्यानमै ढलेको अवस्थामा भेटिएका थिए । । भूजलाई तत्कालै दैलेख जिल्ला अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कपिलवस्तु स्थायी घर भएका भूज जागिरको सिलसिलामा दैलेखमा विवाह गरी दुल्लू नगरपालिका–७ कीर्तिखम्बमा बस्दै आएका थिए ।