नानी मैले बालविवाह गरेर दुख पाएँ, तिमिहरुले यो दुख भोग्नु नपरोस्

सुर्खेत । सरिता नेपाली ५३ वर्षकी भइन् । वीरेन्द्रनगर १२ सुर्खेतकी नेपालीले १६ वर्षको उमेरमा भागी विवाह गरेकी हुन् । सानै उमेरमा विबाह गरेकी उनलाई यसरी अलपत्र परिएला जस्तो कहिल्यै लागेन । विबाहपुर्व र विबाहका केही महिना श्रीमानले गरेको माया सम्झेर उनले माइती बिर्सेरै बसेकी थिइन् । जब एउटा बच्चा जन्मियो श्रीमानले उनलाई घरेलुहिंसा गर्न थाले ।

‘मलाई मेरो मायामा कहिल्यै कमी आउला जस्तो लागेन, उनले भनिन्“यदी त्यस्तो लाग्दो हो त म पश्चिमको मान्छे पुर्वको मान्छेलाई आँखा चिम्लेर किन विश्वास गर्थेँ र ? उनले आँफैलाई प्रश्न गरिन् ।

बिहिबार आवाज संस्थाको आयोजनामा युनिसेफको साझेदारीमा आयोजित कर्णाली प्रदेशमा बालसंरक्षण र लैगिंक हिंसा सुदृढीकरण कार्यक्रम अन्तर्रगत अन्तरपुस्ता ज्ञान तथा सिप हस्तान्तरण अन्तर्रक्रिया कार्यक्रममा उनले खुलेरै आफ्नो पिडा सुनाईन् ।

कार्यक्रममा सहभागी किशोरी समुह, बालीका समुहका सहभागीहरुलाई उनले सम्झाउँदै आँफुले बालविवाह गरेकै कारण आफ्नौ मात्रै नभई छोरीको समेत भविष्य बर्वाद पारेकोले उमेर पुगेपछि मात्रै विवाह गर्न सुझाइन् ।

‘२७/२८ वर्षसम्म विवाह नगरेपनि केही हुँदैन ,उनले थपिन् “सम्मान पाइने जन्मघरमा मात्रै हो । कर्मघरमा त विवाहको भोलीपल्टबाटै अपमान र घृणाबाहेक केही पाँइदैन ।” आँफुले गरेको बालविवाहले पछिल्लो पुस्तालाई समेत हानी गर्ने उनले बताईन् । अब छोरीहरुले ज्वाईलाई पाल्ने हैसियत बनाएर मात्रै विवाह गर्नेपर्ने उनले तर्क गरिन् ।

वीरेन्द्रनगर ११ की सरिता शर्माले पनि १६ वर्षकै उमेरमा मागी बिवाह गरिन् । बिवाह गरेको एकवर्षमा उनले छोरीलाई जन्म दिइन् तर हुर्काउन सकिनन् । ‘म आँफै बालिका थिएँ ।, उनले भनिन् “म पनि अरुसंगै निर्भर हुनुपर्ने अवस्थामा अभिभावकको भुमीका निर्वाह गर्न सकिन ।” उनले छोरी रुँदा पनि कुट्न मनलाग्ने भन्दै अभिभावक बन्नका लागि परिपक्क उमेर चाहिँने तर्क गरिन् ।

कार्यक्रममा सहभागी अधिकाँश महिला समुहका सहभागीहरुले बालीकाहरुलाई उमेर पुगेपछि मात्रै विबाह गर्न सुझाएका थिए ।

७३ जना सहभागी रहेको कार्यक्रममा परियोजना संयोजक लक्ष्मी चन्दले आवाज संस्थाको परिचय र कार्यक्रमको उदेश्यबारे जानकारी गराएकी थिइन् ।

आवाज संस्थाकी बरिष्ठ काउन्सेलर निशा पौडेलले कार्यक्रममा सहजीकरण गरेकी थिइन् ।