कांग्रेस नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त


सुर्खेत । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई आज बिहान मन्त्री पदमा नियुक्त गरेका हुन् ।

उनले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गर्दै छन् । आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरिएको छ ।

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएर आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको हो ।