सुर्खेत । नेकपा एमालेले सुर्खेत क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा पूर्व भौतिक, योजना मन्त्री तथा कर्णाली प्रदेश कमिटी सदस्य खड्कबहादुर खत्रीलाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको दोस्रोपुर्ण बैठकबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख) सुर्खेतबाट सर्वसम्मत रूपमा प्रत्यक्षतर्फ एकल उम्मेदवारको रूपमा पार्टीले सिफारिस गरेको हो । २०७४ सालको चुनावमापनि उनी उम्मेदवार लडेर प्रत्यक्ष सांसदमा विजयी भएका थिए ।

फरकबाटो १८ भाद्र २०७९, शनिबार १८:२७