लागुऔषध सहित सुर्खेतमा एकजना पक्राउ

सुर्खेत । लागुऔषध सहित सुर्खेतमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ लाटिकोईलीबाट दुई पुरिया लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ९ का २६ वर्षीय लक्ष्मण बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।