गुराँस गाउँपालिकाले भैरवीमै गएर दियो राउटेलाई सामाजिक सुरक्षा भत्ता

सुर्खेत । गुराँस गाउँपालिकाले राउटे समुदायलाई उनीहरु बसेकै स्थानमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । आज शुक्रबार गाउँ कार्यापालिका सदस्य अमृता वि.सी तथा प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसी सहितको टोलीले भैरवी गाउँपालिका १ श्रीस्थान दैलेखमा बस्दै आएका १ सय ४२ जना राउटेहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

उनीहरुलाई आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमाशिक बापतको सामाजिक सुरक्षा भत्ता माशिक चारहजार रुपैयाँका दरले तिन महिनाको प्रतिव्यक्ति बाह्रहजार रुपैयाँ वितरण गरिएको हो ।

२०७५ सालदेखी नै गुराँस गाउँपालिकाले राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।