राप्रपा संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन


सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।

आज मङ्गलवार बसेको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको हो ।