टोपबहादुरपछि तानिए पूर्वगृहमन्त्री बालकृष्ण खाँण

सुर्खेत । टोपबहादुरपछि पुर्व र्गहमन्त्री बालकृष्ण खाँण समेत नक्कली शरणार्थी काण्डमा तानिएका छन् । २०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै बालकृष्ण खाँणले सचिवमा टेकनारायण पाण्डेलाई ल्याएका थिए । पाण्डेले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा आफूले नेतृत्वसँगको समन्वयमा काम गरेको बताएका छन् । यसर्थ पाण्डेले नाम लिएपछि पूर्वगृहमन्त्री खाँणसमेत यो प्रकरणमा तानिएका छन् ।

डेढ वर्ष गृहमन्त्री भएका खाँण पटकपटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरूले पनि बताएका छन् । ‘शरणार्थी समस्याको कुरामा मात्र होइन, यही दुलाल–भण्डारीको टोलीमा पनि आउनुभएको थियो ।’ अधिकारीहरु भन्छन् ।

यता, प्रहरीले टोपबहादुर रायमाझीविरुद्ध प्रमाण प्रस्तुत गरेर बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको केही घण्टादेखि उनी फरार छन् ।

गृहमन्त्रालय हुँदै पछिल्लो पटक उपराष्ट्रपति कार्यालय पुगेका सचिव पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।