वीरेन्द्रनगरको मेयर र उपमेयरमा एमालेबाट ढकाल र खनालले गरे उम्मेदवार दर्ता

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एमालेबाट मोहन माया ढकाल र उपमेयरमा निलकण्ठ खनालले उम्मेदवारी दर्ता गरेका छन् ।

 वैशाख ३० गतेका हुने स्थानीय तहको चुनावका लागि सोमबार वीरेन्द्रनगरको मेयर र उपमेयरमा ढकाल र खनालले उम्मेदवारी दर्ता गराएका हुन् । मनोनय दर्ताका लागि बाजागाजासहित उनीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।