अबको ३ दिन पानी पर्ने सम्भावना कम, हावाहुरी चल्ने


सुर्खेत । अबको तीन दिन पानी पर्ने सम्भावना कम रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार बेलुकीपख पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना कम छ । पानी परे पनि एकरदुई ठाउँमा मात्रै पर्ने सम्भावना रहेको हो ।

मानन्धरका अनुसार आज (बुधवार), भोलि (बिहीवार) र पर्सि (शुक्रवार) मौसम सामान्यतया सफा नै रहने अनुमान छ । बेलुकीपख बादल लागेका ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना भने रहेको उनले बताईन् ।

यस्तै आज देशका धेरै ठाउँमा दिउँसोपछि हावाहुरी चल्ने अनुमान गरिएको छ । विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेश र तराईका जिल्लामा तीव्र गतिमा हुरी चल्ने अनुमान छ । दिउँसोपछिको समयमा खेतबारीमा काम गर्दा र घरबाहिर निस्कँदा सचेत हुने मौसमविद्को सुझाव छ ।