एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपाल र साउदी अरेबिया खेल्दै


सुर्खेत । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दै छ । खेल बिहान ९ बजे मूलपानी मैदानमा हुनेछ ।

नेपाल आज साउदी अरेबियालाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेको नेपाल दुवैमा जित निकाल्दै समूह ए को शीर्ष स्थानमा छ । साउदी अरेबिया चौथो स्थानमा छ । समूह ए मा नेपालसहित ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् ।

यस्तै, आज समूह बी का बहराइन र हङकङ पनि खेल्दै छन् । यो खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे नै हुनेछ । समूह ुबीु मा रहेको हङकङ शीर्ष स्थानमा छ । यो समूहमा हङकङसहित युनाइटेड अरब इमिरेट्स, बहराइन, कुवेत र सिङ्गापुर रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुँदैछ ।