सन्दीप आबद्ध होबार्ट पहिलो खेलमा १४ रनले पराजित

काठमाडौं । अस्ट्रेलियाको टी–२० लिग बिग बाशमा नेपालका बलर सन्दीप लामिछाने आबद्ध क्लब होबार्ट ह्युरिकेन पराजित भएको छ । आज बुधवार भएको होबार्ट ह्युरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो ।

सिक्सर्सले दिएको एक सय ४५ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रनमात्रै बनाउन सक्यो । होबार्टका लागि पिटर ह्यान्ड्सकम्बले ४७, म्याथ्यु वेड र कलेब जेवलले २०–२० रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ सिक्सर्सका लागि टम करनले तीन र हेडेन केरले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिक्सर्सले निर्धारति ओभरमा नौ विकेट गुमाएर एक सय ४४ रन बनायो । होबार्टका लागि थोमस रोजर्सले तीन र नाथन इलिसले दुई विकेट लिए ।

आजको खेलमा सन्दीप लामिछानेले चार ओभरमा २४ रन दिएर एक विकेट लिए ।