कर्णालीमा हुन सकेन मन्त्रिपरिषद् विस्तार


सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुन सकेन् । मन्त्रिहरुको टुंगो नलाग्दा मुख्यमन्त्री जीवनबहादुर शाहीले मात्रै आज शपथ लिएका छन् ।

भोलि अथवा पर्सीसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने नवनियुक्त मुख्यमन्त्री शाहीले जानकारी दिए । उनका अनुसार मन्त्रीहरुको लागि गठबन्धनभित्र छलफल भइरहेको छ । नेकपा (एकिकृत समाजबादी) ले तिनवटा मन्त्रालय दाबी गरेको छ ।

कुन दलको भागका कति मन्त्रालय पर्ने भन्ने टुंगो लगाउने उनले जानकारी दिए ।