पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीद्वारा विरोध प्रदर्शन

काठमाण्डाै । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । काठमाण्डाैको अस्कल क्याम्पस परिसरमा उनीहरुले मूल्य वृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ भने एक लिटर डिजल र मट्टितेलको मूल्य समान १ सय २२ रुपैयाँ पुगेको छ ।

पछिल्लाे ६ महिनामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे चाैथाे पटक मूल्य बढाएको हो ।