नवौँ राष्ट्रिय खलकुद : आईटीएफ तेक्वान्दो बागलुङमा हुँदै

बागलुङ । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आईटीएफ तेक्वान्दोका खेल बागलुङमा हुँदैछन्।

असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बागलुङमा हुन गइरहेको आईटीएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ।

गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लामा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आईटीएफ खेलको प्रतिस्पर्धा बागलुङमा गर्न थालिएको छ।

असोज २८ र २९ गते बागलुङ बजारको बाङ्गेचौर खेल मैदान स्थित कभर्ड हलमा आयोजना गर्न थालिएको नवौँ राष्ट्रिय आईटीएफ खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता बनाइएको आईटीएफका केन्द्रिय सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए।

खड्काका अनुसार बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आईटीएफ तेक्वान्दो मुल व्यवस्थापन समिति  गठन गरिएको छ । समितिले प्रतियोगितामा आएको खेलाडीको व्यवस्थापन गर्ने र उद्घाटन सत्रलाई भव्य बनाउने तयारी गरेको छ।

बागलुङमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकोआईटीएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता २१ स्वर्ण, २१ रजत र ५६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने भएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। प्रतियोगितामा ४५ जना रेफ्री सहभागी हुनेछन् । खेलको खर्च नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले व्यहोर्ने छ भने स्थानीय व्यवस्थापनको खर्च बागलुङ नगरपालिकाले गर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए।