सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो


सुर्खेत । सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ लाख ९ हजार तीन सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।