सुर्खेत महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम समापन

सुर्खेत । गत साउन २४ गतेदेखी सुरु गरिएको जेसीज सप्ताह २०२२ समापन गरिएको छ । पाँचदिन सम्म विभिन्न कार्यक्रम गरी सुर्खेत महिला जेसीजले जेसीज सप्ताह २०२२ लाई आज समापन गरेको हो ।

हरेक वर्ष जेसीज सप्ताह यसैगरी विभिन्न कार्यक्रम गरी मनाउँदै आएकोमा यो वर्ष समेत पाँचदिन सम्म विभिन्न कार्यक्रमहरु गरेर सम्ताह मनाइएको हो ।

रक्तदान, विद्यालयमा शैक्षिक सामाग्री वितरण, वक्तृतवकला प्रतियोगिता, तनाब व्यवस्थापन तालिम लगाएतका थुप्रै कार्यक्रमहरु गरेर सप्ताह मनाइएको सुर्खेत महिला जेसीजले जानकारी दिएको छ ।

विभिन्न कार्यक्रम गरी सप्ताह मनाएको सुर्खेत महिला जेसीसले वक्तृत्वकला प्रतियोगिताका बिजयीहरुलाई आज पुरस्कार वितरण र नारी सम्मान समेत गरेको छ ।

‘महिला सशक्त भए समाज आँफै सशक्त हुन्छ’ विषयमा मा.वी स्तरिय तृल्सी स्मृती वक्तृत्वकला प्रतियोगितामा प्रथम सिदार्थ बोर्डिङ् स्कुलमा अध्ययनरत भुमीका मगर, द्धतिय जन मा.वीमा अध्ययनरत उपमा शाही, तृतीय एस.ओ.एस.मा अध्ययनरत डिलु धिताल र सान्तवना पुरस्कार जन.मा.वीमा अध्ययतरत ज्योती देवकोटा र सैनिक आवासीय विद्यालयमा अध्ययनरत स्वस्तीका केसी लाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।

यस्तै बराहताल गाउँपालिका ६ नेपाल राष्ट्रिय प्राथमिक विद्यालयकी इखेनीकी प्राचार्य पुष्पा रानालाई नारी सम्मान कार्यक्रम अन्तर्रगत सम्मान गरिएको हो ।