
सुर्खेत । सुर्खेत क्षेत्र नं २ मा नेपाली काँग्रेसका हृदयराम थानी निर्वाचित भएका छन् । थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीले २९ हजार ५ सय ५८ मत प्राप्त गरेका हुन् । ५ हजार ६७ मतान्तरले थानीले जित हात पारेका हुन् ।
थानीले योसँगै तीन पटक संसदीय निर्वाचनमा जित निकालेका छन् । ०७४ मा नेकपा एमालेका नवराज रावतसँग पराजित भएका थिए । हारको बदला यो पटक थानीले गठबन्धनको बलमा लिएका छन् ।
थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी सहकारी तथा गरिवी निवारण मन्त्री भइसकेका नेता हुन् ।

फरकबाटो ७ मंसिर २०७९, बुधबार ०८:२३