जुम्लामा बस दुर्घटना, दुई जनाको मृत्यु

जुम्ला । जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कनकासुन्दरी गाउँपालिकाको गुठीज्युलाबाट सुर्खेत जाँदे गरेको ना ६ प ४४३८ नम्बरको बस सिंजा गाउँपालिका वडा नं १ घोडेङ्गामा दुर्घटना भएको ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले आज विहान ७ः४५ बजे बस दुर्घटना भएको जानकारी दिइन । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।