कर्णालीका सांसदहरुका लागि आठ दलको अभिमुखिकरण : राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन  आग्रह

सुर्खेत । कर्णाली प्रदेशमा आठ दलले अभिमुखिकरण कार्यक्रम आयोजना गरेका छन् । सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरि राष्ट्रपतिमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन आठदलले आग्रह गरेको हो ।

आज सुर्खेतको वीरेन्द्रनगरमा आठ दलले कर्णाली प्रदेशका सांसदहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेका हुन् ।

राष्ट्रपति निर्वाचनमा एउटै मोर्चा बनाएका ८ दलले आफ्ना संघीय संसद अन्तर्गत दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई प्रशिक्षण दिनका लागि अभिमुखिकरणको आयोजना गरेका हुन् ।

अभिमुखिकरणमा आठै दलका विभिन्न शिर्ष नेताहरुको सहभागिता रहेको छ ।