सेवा प्रवाहका लागि प्रशासनद्वारा स्थानीय तह अनुसार पालो निर्धारण


सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको जोखिम बढे पछि सेवा प्रवाहका लागि स्थानीय तह अनुसार पालो निर्धारण गरेको छ ।

सेवाग्राहीको अत्यधिक भिड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतवारदेखि स्थानीय तह अनुसार पालो निर्धारण गरिएको हो ।

कार्यालयका अनुसार आइतवार र शुक्रवार लेकबेशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिकाका सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ ।
यस्तै मङ्गलवार वीरेन्द्रनगर नगरपालिका, सोमवार र मङ्गलवार भेरीगङ्गा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिका, बुधवार र बिहीवार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ ।