कोरोना विरुद्धको खोप : कुन प्रदेशमा कति प्रतिशतले लगाए ?

सुर्खेत ।  नेपालमा हालसम्म ५५ प्रतिशत लक्षित नागरिकले मात्र पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल दैनिक एक लाखदेखि तीन लाखसम्मले खोप लगाइरहेका छन् । १८ वर्षमाथिका लक्षित जनसंख्यामा सबैभन्दा बढी गण्डकी प्रदेशमा खोप लगाइएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो डोज र ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

वाग्मती प्रदेशमा ७७ प्रतिशतले पहिलो र ७४ प्रतिशतले पूर्ण खोप लगाएका छन् । यस्तै प्रदेश–१ मा ६७ प्रतिशतले पहिलो र ४८ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने लुम्बिनी प्रदेशमा ७२ प्रतिशतले पहिलो र ५१ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

कर्णालीमा पहिलो डोज लगाउने ५५ प्रतिशत र पूर्ण खोप लगाउनेको सङ्ख्या ४४ प्रतिशत छ । यसैगरी सुदूरपश्चिममा ६२ प्रतिशतले पहिलो र ५४ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।

सबैभन्दा कम प्रदेश–२ मा ५० प्रतिशतले पहिलो र ३९ प्रतिशतले पूर्ण डोज लगाएका छन् । हालसम्म देशभर कुल जनसङ्ख्याको ३६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । कुल जनसङ्ख्याको ४० प्रतिशतले पूर्ण खोप लगाएपछि बुस्टर या अतिरिक्त खोप लगाउने सरकारको तयारी छ ।