प्रचण्डले सम्हालेका छन् १६ मन्त्रालय


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले १६ वटा मन्त्रालय सम्हाल्दै आएका छन् । गत पुस १० गते बनेको नयाँ सत्ता गठबन्धन भङ्ग भएपछि १६ वटा मन्त्रालय खाली भएका थिए । सरकारलाई समर्थन गर्दै आएका पार्टीहरु सरकारबाट बाहिरिएपछि प्रचण्डले १६ वटा मन्त्रालय सम्हाल्दै आएका हुन् ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै १६ मन्त्रालय खाली भएका हुन् । मन्त्रिपरिषदमा सबैभन्दा ठूलो हिस्सा ओगटेको एमाले बाहिरिए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मातहत १६ वटा मन्त्रालय रहेका छन् ।