
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठकमा प्रस्ताव पेश गरेका छन् ।
आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव पेश गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री शाहीले विश्वासको मत भने भोलिको बैठकमा लिने छन् । आज प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकोले विश्वासको मत भोलि लिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
बैठक भोलि १ बजेसम्मका लागि स्थिगित भएको छ ।

फरकबाटो १४ मंसिर २०७८, मंगलवार १४:२८