
सुर्खेत । नेपाली काँग्रेस सुर्खेत जिल्ला सभापतिमा खड्कबहादुर पोखरेलको एकल उम्मेद्धवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए । अन्य पदका लागि आज भएको निर्वाचनमा प्रदेश तथा केन्द्रिय प्रतिनिधि सहित ४७ जना निर्वाचित भएका छन् ।
उपसभापतिमा संस्थापन देउवा पक्षका टोपबहादुर रावत र विष्णुबहादुर खड्का, सचिवमा देवकुमार सुवेदि र बालदिप कँडेल, सहसचिबमा प्रकाश डिसी र हरी विष्ट निर्वाचित भएका हुन् ।
यस्तै खसआर्य–महिलातर्फ सदस्यमा दुर्गा रेग्मी (शर्मा), निर्मला सापकोटा र राधा भण्डारी, खसआर्य प्रत्यक्षतर्फ सदस्यपदमा खगेन्द्र नगाल, दुर्गबहादुर खत्री, मोहनसिं थापा र क्षेत्रमणी गिरी, आदीवासी–जनजाती महिला सदस्यतर्फ तेजकुमारी गुरुङ र आदीवासी–जनजाती प्रत्यक्षतर्फ सदस्यमा टेकबहादुर गुरुङ र तिलकबहादुर मसाङि मगर निर्वाचित भएका हुन् ।
दलित महिला सदस्यतर्फ चन्द्राकुमारी नेपाली र लिलमती वि.क, दलित प्रत्यक्षतर्फ सदस्यमा देवबहादुर सार्की र नरबहादुर सुनार, अल्पसंख्यक तथा अपाङतातर्फ सदस्यमा बालाराम पोखरेल निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट महिला र पुरुष दुईसिटका लागि प्रत्यक्षतर्फबाट सदस्यमा भिमा मल्ल र राजेन्द्रकुमार सिंह सिम्ता गाउँपालिका, महिला र पुरुष दुईसिटका लागि तुल्सा शर्मा र पदमबहादुर वली चिङगाड गाउँपालिका निर्वाचित भएका हुन् ।
महिला र पुरुष दुईसिटका लागि लक्ष्मी पुनमगर र तुलादेव भारती बराहताल गाउँपालिका, महिला र पुरुष तिनसिटका लागि धनकला डाङी, टेकबहादुर खत्री र तेजबहादुर खत्री (निर्विरोध) गुर्भाकोट नगरपालिका, महिला र पुरुष तिनसिटका लागि भक्तिकुमारी डाङी, सुरेन्द्र के.सी र हरिप्रसाद कँडेल भेरीगंगा नगरपालिका , महिला र पुरुष तिनसिटका लागि खिला पौडेल, नरेन्द्रबहादुर खत्री र भुपेन्द्रबहादुर खत्री लेकवेशी नगरपालिका, महिला र पुरुष तिनसिटका लागि रुपा श्रेष्ठ, कर्णबहादुर राना र पुर्णबहादुर ढकाल वीरेन्द्रनगर नगरपालिकाबाट निर्वाचित भएका हुन् ।
महिला र पुरुष तिनसिटका लागि ज्ञानुकुमारी कडेल,नरेन्द्रबहादुर शाही र भक्तिप्रसाद पौडेल पञ्चपुरी नगरपालिका, सदस्य महिला र पुरुष दुईसिटका लागि सुमित्रा जोशी र तारा देवकोटा चौकुने गाउँपालिका तथा प्रदेश अधिवेशन प्रतिनिधि अपाङता एकसिटका लागि रामबहादुर शाही , केन्द्रीय महाधिवेशन प्रतिनिधि अपाङता एकसिटका लागि ललितबहादुर वली विजयी भएका हुन् ।

फरकबाटो १३ मंसिर २०७८, सोमबार २३:४२