कर्णाली उत्सवको दोस्रो दिन :  यस्ता छन् छ सत्र


सुर्खेत । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको दोस्रो दिन भोली शनिबार ६ वटा सत्र सञ्चालन हुने भएका छन् । बिहान साढे ११ बजे सुरु हुने पहिलो सत्र दलित-दलितमा वक्ताहरु प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्मा, कर्णाली प्रदेश सभा सदस्य उर्मीला विश्वकर्मा, नेपाल सरकारका पुर्व सचिव डा. मान बहादुर वि.के रहेका छन् । सत्रको सहजीकरण अभियान्ता अमर सुनारले गर्नेछन् ।

यस्तै दोस्रो सत्र भोक र भोजन, तेस्रो सत्र रेडियोको रस, चौथो सत्र संघियताका पाँचवर्ष , कती विश्मात्, कती हर्ष ?, पाँचौं सत्र कर्णाली नदि प्रणाली, छैठौं सत्र कर्णालीमा लगानी रहनेछन् । साथै विभिन्न कन्सर्ट र पैकेलोहरु समेत उत्सवमा प्रस्तुत गरिने आयोजक संस्था ॠति फाउण्डेशनले जानकारी दिएको छ ।