गुडिरहेको ट्रकमा करेन्ट लाग्दा सर्लाहीमा मजदुरको मृत्यु

सुर्खेत । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका–२ का २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ । ट्रकका चालक बाराको निजगढ नगरपालिका–६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका–७ मा भुँसा लोड गरि गुडिरहेको ना४ख ६९७६ नम्बरको ट्रकमा माथि रहेको बिजुलीको तारले छुँदा करेन्ट लागेको थियो । मजदुर मुखियाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।