संविधान दिवसका अवसरमा “नमस्ते गुराँस” गुनासो व्यवस्थापन प्रणाली उद्घाटन


दैलेख । गुराँस गाउँपालिका दैलेखले संविधान दिवसको अवसर पारेर “नमस्ते गुराँस” गुनासो व्यवस्थापन प्रणालीको उद्घाटन गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले “नमस्ते गुराँस” को web site:  gunaso.guransmun.gov.np  मार्फत गुनासो दर्ता र टोल फ्रि नं १६६०८९११००० र हर्ट लाइन नं ९८५८०३५१४४ मा फोन गरी प्रणालीको उद्घाटन गरेका हुन् ।

गुराँस गाउँपालिकाको विशेष पहल र संस्थागत सुधारमार्फत न्यायमा पहुँच परियोजना–२ को प्राविधिक सहयोगमा नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कडेलले नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गर्न सफल भएकोमा गुराँस गाउँपालिकालाई धन्यबाद दिँदै संविधानको मर्मबमोजिम पारदर्शिता र जवाफदेहिताको राम्रो उदाहरण बन्न समेत आग्रह गरे ।

उनले नमस्ते गुराँस गुनासो व्यवस्थान प्रणालीलाई दिगो रुपमा सञ्चालन गर्न आग्रह गर्दै नागरिकको अवस्था बदल्ने गरी काम गर्नुपर्ने धारणा राखे ।

यस्तै कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि.सीले नागरिकहरुले नमस्ते गुराँसको web site:  gunaso.guransmun.gov.np  मार्फत सिधै र उक्त web site मा लिंक गरिएका सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, ह्रवाट्यप, भाइबर लगायतबाट आफ्नो सुझाव तथा गुनासो दिन सकिने जानकारी दिए ।

अध्यक्ष बि.सीले गुराँस गाउँपालिका भित्रका जुनसुकै गुनासो भए वा सुझाव भए नमस्ते गुराँस मार्फत गुनासो गर्न सम्पुर्ण गुराँसबासी नागरिकहरुलाई आग्रह समेत गरे ।

उनले गुनासो सुन्नकै लागि कार्यालयले एकजना कर्मचारी फोकल पर्सन तोकेको र गुराँस गाउँपालिकाका ४७ विद्यालय, ११ वटा स्वास्थ्य ईकाईहरु, ८ वटै वडाहरु र सम्पुर्ण शाखाहरुलाई समेत प्रयोगकर्ता गराई गुनासो व्यवस्थापनमा हातेमाले गरिएको बताए ।
उनले कुनैपनि नागरिकले गुनासो गरेको खण्डमा गुनासोको सुनुवाई अनिबार्य हुनेगरी नमस्ते गुराँसको प्रणाली व्यवस्थापन गरिएको बताए ।

कार्यक्रममा गुराँस गाउँ कार्यपालिकाका सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, स्थानीय नागरिक, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

यस्तै संविधान दिवस २०८१ को अवसरमा बिहान झण्डोत्तोलन र प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो ।