दल र उम्मेदवारहरुलाई युवाको खुल्ला पत्र

कर्णालीका निर्वाचनमा सहभागी दल तथा उम्मेद्ववारहरुलाई
मेरो नमस्कार,

सर्बप्रथम, नेपालमा मिति २०७९ साल मंसिर ४ गतेका दिन हुन गइरहेको प्रदेश र संघको निर्वाचनमा यहाँहरुले उत्साहका साथ आफ्नो दलको भाबि योजना, प्रतिबद्दता र घोषणा–पत्र सहित चुनाबमा भाग लिनु भएकोमा बधाई दिन चाहान्छु ।

अहिले देश चुनावी माहोलमा छ । जताततै दलका घोषणा पत्र एवम प्रतिवद्धताका विषयमा चर्चा भईरहेका छन् । जनभावना बुझदा पनि दल एवम् उम्मेदवारको भावी कार्ययोजना तथा प्रतिवद्धता हेरेर नै आफनो मताधिकार प्रयोग हुने देखिन्छ । जसबाट आगामी चुनावले प्रतिनिधी सभा र प्रदेश सभाका लागि नयाँ माननियहरु निर्वाचित हुने र सत्ताको बागडोर समाल्ने अधिकार प्रदान गर्नेछ । तै पनि यहाँका घोषणा पत्रमा जातिय विभेद, बाल विवाह, छाउपडी, लैङ्गिक हिंसा, यौन दुव्र्यवहार जस्ता सामाजिक मुद्धाले कम महत्व पाएको देखिन्छ ।

मेरो स्वर्ग जस्तो सुन्दर कर्णालीमा मेरो साथी कमलले खेल्दै गर्दा तल्लो जातको हो, भनेर कत्ती हो कत्ती अपहेला सहेको छ । मेरो भाई कक्षा ८ मा प्रथम भएको थियो, ९ कक्षा पढदापढदै विवाह ग¥यो र अहिले काला पहाडे भएको छ । मेरो वहिनी आफनै घर भित्रै सुत्न पाउँदैनिन न नियमित विद्यालय नै जान सक्छिन् । ३ बर्ष अगाडी मात्रै विहे गरेकी मामाको छोरी अहिले दुधे बालक च्यापेर अदालत धाइरहेकी छिन् ।

समाचारमा दिनदिनै आउने बलात्कारको घटनाले मेरो फुपुको छोरी डरले झस्किरहन्छिन् । म स्वंम आफुलाई समाजको एक जिम्मेवार व्यक्ति ठान्दै गर्दा चिन्ता गर्दैगर्दा आँफैमाथी धेरै प्रश्न आउँछन । म कस्तो छोरा, कस्तो दाई, साथी अनी अभिभावक ? दुख त यसमा लाग्छकी अंझैपनि २१ औं शताव्दीमा म र राज्यले हाम्रो समाजमा यस्ता अमानविय र अपराधिक कार्यहरु भैरहेको हेरीरहेको छौं । यहाँहरुको आगामी कार्यकालले उक्त कुराहरु सम्बोधन गरोस् र कसैले पनि यस्ता समस्या भोगेको देख्न नपरोस भन्न चाहान्छु ।

मैले यहाँहरुको घोषणापत्रहरु पढेँ , पुनः पढेँ ठोस रुपमा यहायहाँहरुले कर्णालीमा रहेका हानिकारक सामाजिक कुसंस्कार तथा कुप्रथाहरुः बालबिबाह, लैंगिक हिँसा, छाउपडी, बहुबिबाह, बाल श्रम, जातीयविभेद, कार्यस्थलमा हुने हिंसा, ज्यालामा विभेदलाई प्राथमिकतामा राखिएको पाईन । मानबिय बिकास र भौतिक बिकास दुबैलाई समानान्तर रुपमा गर्नुपर्ने आजको कर्णालीको आवश्यकता भएकोले, भौतिक विकास र मानविय विकासको लागी सामाजिक कुप्रथाको अन्त्य र सभ्य नागरिकहरु निर्माण गर्नमा यहाँको ध्यान जाने कुराको अपेक्षा सहित यो खुल्ला पत्रमार्फत ध्यानाकर्षण गराएको छु ।

जनभावनालाई सम्वोधन गर्नको लागि यहाँहरुले बाल विवाह, लैङ्गिक हिंसा, छाउपडी, वहुविवाह, बाल श्रम, यौन दुव्र्यवहार लगायत अन्य हानिकारक कुरिती एवं कुसंस्कारको अन्त्य गर्नमा प्रतिवद्ध हुनुपर्दछ । सम्मुनत कर्णालीका लागी अव हामीले कर्णालीको परिवेश र विषय वस्तुमा केन्द्रित रहेर नै योजना बनाऔं, उक्त योजनाहरुलाई प्रभावकारी रुपले कार्यन्वयन गर्न सकियोस् । आगामी दिनमा फेरी मेरो साथी, भाई, वहिनी, छोरी र दिदिहरु कसैले पनि अपहेलना, हिंसा, पिडा, दुव्र्यवहार,डर र त्रासपुर्ण जिवन बाँच्न नपरोस । सभ्य र सम्बृद्ध कर्णालीको विकास गर्नका लागि सामाजिक मुद्धालाई केन्दविन्दुमा राखेर चुनावी कार्यक्रमहरु सम्बोधन गर्नका लागी सम्पुर्ण उम्मेदवारहरुमा हार्दिक अनुरोध गर्दछु ।

                                                                             उही यहाँको विकासको साझेदारी

                                                                        हिक्मत बुढा क्षेत्री
                                                                                सुर्खेत, कर्णाली पदेश